नेपाली कांग्रेसबाट उप प्रमुख पदका उम्मेदवार कुर्मीको मृत्यु
महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उप प्रमुख पदकी उम्मेदवार महाराजगन्ज नपा–२, गैडहवाकी ५५ वर्षीया शुभावती कुर्मीको वैशाख २६ गते मृत्यु भएको छ ।
निवर्तमान उप प्रमुख समेत रहेकी कुर्मीको ह्रृदयघातका कारण जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको हो ।
उम्मेदवारको मृत्युपछि महाराजगञ्ज नगरपालिकामा वैशाख २७ गते निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थीले बताउनु भयो ।
उम्मेदवारको मृत्युको खबर भए लगत्तै आयोगलाई जानकारी गराईएको र निर्वाचन आयोगबाट अर्को सूचना नआउँदासम्म महाराजगञ्ज नगरपालिकामा निर्वाचन सम्बन्धि कार्यहरू स्थगित गरिएको मुख्य निर्वाचन कार्यालयका अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताउनु भयो ।
पार्वती आचार्य
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…