नेपाली कांग्रेसका नगर सभापति र वडाध्यक्षको समूहबिच झडप, पाँच जना घाइते
देवाही गोनाही नगरपालिका–७ प्रेमपुर गोनाहीका नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गरेका ५५ वर्षीय वडाअध्यक्ष जगरनाथ राय यादव र नेपाली कांग्रेसका नगर सभापति ५५ वर्षीय रामअयोध्या राय यादव पक्षबिच चैत ५ गते झडप हुँदा पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा ६० वर्षीय फेकु राय यादव, ५८ वर्षीय रामबाबु राय यादव, ५० वर्षीय अनारदेवी यादव, २५ वर्षीय चुनचुन राय यादव र २५ वर्षीय रबिन्द्र राय यादव रहेका छन् ।
वडाअध्यक्ष जगरनाथ राय यादव र नेपाली कांग्रेसका नगर सभापति रामअयोध्या राय यादवबिच पुरानो रिसइवीका कारण झडप भएको प्र्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका इन्स्पेक्टर राजन लम्सालले बताउनु भयो ।
चार जना घाइतेहरूको उपचार गरुडा बजारस्थित ग्राण्डी अस्पतालमा र रामबाबु राय यादवको उपचार नेशनल मेडिकल कलेज बीरगंजमा भइरहेको इन्स्पेक्टर लम्सालले बताउनु भयो ।
झडपमा संलग्न रहेको आरोपमा जगरनाथ पक्षबाट आठ जना र रामअयोध्या पक्षबाट तीन जना गरी ११ जनालाई हाल प्रहरीले गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताउनु भयो ।
गिरफ्तार पर्नेमा देवाही गोनाही नगरपालिका–७ का ५५ वर्षीय रामअयोध्या राय यादव, ४० वर्षीय रामधिन राय यादव, ३९ वर्षीय प्रमोद राय यादव , ५५ वर्षीय जगरनाथ राय यादव, २५ वर्षीय पनिलाल राय यादव, २१ वर्षीय रिकेश राय यादव, १९ वर्षीय रमेश शर्मा, १९ वर्षीय विजय यादव, २३ वर्षीय विश्वेश्वर प्रसाद यादव, २५ वर्षीय महेश यादव, र १९ वर्षीय विवेक यादव रहेको डिएसपी भण्डारीले बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको भण्डारीले बताउनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…