नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेकपा एमालेका कार्यकर्ता माथि कुटपिट
तिलोत्तमा नगरपालिका–१६ बिहुलीका नेकपा एमालेका कार्यकर्ताहरू २८ वर्षीय सन्जीव भण्डारी र २६ वर्षीय सागर रेग्मीमाथि नेपाली कांग्रेसका कार्यकर्ताहरूले वैशाख २६ गते कुटपिट गरेको छ ।
तिलोत्तमा नपा–१६ का २६ वर्षीय सन्जीव भुसाल, २९ वर्षीय प्रविन खड्का, ३५ वर्षीय इश्वर केसी, ३५ वर्षीय लक्ष्मण राना र ३२ वर्षीय मोहन चौधरी लगायत ७÷८ जनाको समूहले कुटपिट गरेको पीडितले बताउनु भयो ।
कुटपिटबाट भण्डारीको कान, छाती र टाउकोमा चोट लागेको छ भने रेग्मीको अवस्था सामान्य रहेको छ । घाइते भण्डारीको क्रिमसन अस्पताल मणिग्राममा उपचार गरिएको छ ।
आरोपित भुसाल वडा नं. १६ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवार झविलाल भुसालका छोरा रहेको पीडितले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितका ठूलो बुबा ओम प्रकाश रेग्मीका अनुसार बिरामी भेटेर राती घर आउदै गरेको अवस्थामा समूहमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले चितवनबाट नेकपा एमालेलाई जिताउन आएको भन्दै कुटपिट गरेको बताउनु भयो ।
नेकपा एमाले तिलोत्तमा नगरपालिकाका निर्वाचन परिचालन कमिटीका संयोजक वासुदेव घिमिरेले पराजयको डरले नेपाली कांग्रेसका कार्यकर्ता आक्रमणमा उत्रिन थालेकाले दोषीलाई गिरफ्तार गरी कारबाही गर्न स्थानीय प्रशासनलाई आग्रह गर्नुभयो ।
इलाका प्रहरी कार्यालय मंगलापुरका सइ लक्ष्मण डाँगीले घटनाका विषयमा अनुसन्धान भइरहेको बताउदै प्रहरी चौकीमा उजुरी लिन नमिल्ने भएकाले उजुरीका लागि बुटवल जान आग्रह गरिएको बताउनु भयो ।
घटनाका विषयमा इलाका प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर प्रकाश खत्रीले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।
नेपाली कांग्रेस जिल्ला अध्यक्ष रामकृष्ण खाँडसँग घटनाको बारेमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…