नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेकपा एमालेका कार्यकर्तामाथि कुटपिट
शितगंगा नगरपालिका–१३ सिमलपानी मुसीवान टोलमा नेपाली कांग्रेसका कार्यकर्ता २७ वर्षीय नारायण खासु मगर र पमबादुर बिसीले वैशाख २५ गते नेकपा एमालेका कार्यकर्ता २९ वर्षीय गणेश बिसीलाई कुटपिट गरेका छन् ।
नेपाली कांग्रेसका कार्यकर्ता रातीमा मतदातालाई रूपियाँ बाढ्न हिडेको अवस्थामा गणेश र छिमेकी श्याम बिसीले बिरोध गरेपछि कुटपिट गर्दा घाँटीमा चोट लागेको गणेशका बुवा रिषीराम भाटले बताउनु भयो । गणेशलाई कुटपिट गर्दै घाँटी अठ्याए पछि श्याम गुहार माग्दै गाँउलेलाई बोलाए पछि आरोपितहरू भागेका थिए ।
गाउँलेहरू घटनाका बारेमा प्रहरीलाई खबर गरे पछि उपचारका लागि एम्बुलेन्स बोलाएर कपिलवस्तु सिएमसी अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसके जितगढी एडमन सिटी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर शंकर खड्काले झगडा भएको खबर पाए लगत्तै प्रहरी घटनास्थलमा पुगेर घाइतेलाई उपचारका लागि लैजान सल्लाह दिइएको बताउनु भयो ।
शितगंगा नगरपालिका–१३ गठबन्धनका महिला वडा सदस्य उम्मेदवार जुना सोमैका अनुसार रुपियाँ बाढेको कुरा झुटो भएको र दूबै पक्षका साथीहरू हुन् । केही विवाद हुँदा झगडा भएको हुन सक्छ ।
प्रत्यक्षदर्शी देबीप्रसाद अधिकारीका अनुसार हाँसो ठट्टामै धकेला धकेल गरेर पल्टिदा घटना भयो । पीडितका बुवाले आरोपित विरूद्ध वैशाख २६ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएका छन् ।
कूलबहादुर नेपाली
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…