नेपालगञ्ज कारागारमा एक जना थुनुवाको मृत्यु

नेपालगञ्ज ‍उपमहानगरपालिका-८, महेन्द्रपार्क घर भई जिल्ला कारागार, नेपालगञ्जमा सजाय भोगिरहेका ६६ वर्षीय अब्दुल बारी जोलाहको हृदयघातबाट भेरी अस्पताल, नेपालगञ्जमा उपचार गराउन गएका बखत ०८० चैत २१ गते मृत्यु भएको छ ।

जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मृतक जोलाहलाई पेट दुखेको कुरा बताएपछि उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पुर्‍याउँदा बाटोमा मृत्यु भएको कारागार प्रमुख अर्जुनजङ्ग शाहले बताउनु भयो ।

पोष्टमार्टम स्थलमा गई आफन्तहरूसँग कुरा गर्न खोज्दा केही बताउन नचाहेपछि इन्सेकका प्रतिनिधि कारागार गई जानकारी लिएका थिए । मृतकको अवस्था बुझ्दा पोष्टमार्टमा हृदयघातबाट मृत्यु भएको पुष्टि हुन गएको भेरी अस्पतालका डा. अरबिन्द शाहले जानकारी दिनुभयो ।

रमजान महिनाको (रोजा) ब्रत बसेका जोलाहलाई समस्या केही भएको महशुस भएपछि ३तीन दिन पहिला ब्रत (रोजा) छोडे तापनि ब्रत बस्ने कैदीहरूसँगै बस्दै आउनुभएको थियो । जोलाहले पेट दुखेको भनेपछि भेरी अस्पताल, नेपालगञ्जमा उपचार गराउन गएका बखत चैत २१ गते बिहान ५ बजेको समयमा मृत्यु भएको थियो ।

शवको पोष्टमार्टम चैत २१ गते भेरी अस्पताल, नेपालगञ्जमा गरी सोही दिन मृतकको परिवारले शव बुझेर आफ्नो परम्परा अनुसार सदगत्का लागि लगेका थिए ।


ध्रुबराज शर्मा