नेपालगञ्जको भेरी अस्पतालमा पत्रकार गुप्तामाथि दुर्व्यवहार
नेपालगञ्जको भेरी अस्पतालमा बिरामीहरूको अवस्थाबारे स्थलगत समाचार सङ्कलन गर्न जानुभएका जी नेपाल एच.डी.फोरके टेलीभिजनका पत्रकार अभिषेक गुप्तामाथि खुकुरी नेपाल सेक्युरिटी कम्पनीका सुरक्षागार्डले अस्पतालको गेटमा रोकी क्यामारा खोसेर ०८० चैत १ गते दुर्व्यवहार गरेको छ ।
नेपाल प्रेस युनियन, बाँकेले प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालको आई.सी.यु प्रयोगशाला स्थल जस्तो संवेदनशील ठाउँमा रिपोर्टिङ गर्दा स्वाभाविक रूपमा संवेदनशील हुनुपर्छ भन्दै अस्पताल बाहिरको दृश्य खिच्नमा समेत रोक लगाउँदै पत्रकारमाथि दुर्व्यवहार दुखद कुरा भएको नेपाल प्रेस युनियनका सचिव भीष्म लोधको प्रेस विज्ञप्ति मार्फत उल्लेख गर्नुभएको छ ।
यस्ता घटना दोहरिन नदिन र पत्रकारलाई निर्वाध रूपमा समाचार सङ्कलन गर्ने वातावरण बनाउन अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ । महासङ्घ पत्रकारको संविधान प्रदत अधिकारमा आघात पुर्याउने यस्ता हर्कतको कडा शब्दमा भत्र्सना गर्दै पत्रकार गुप्तामाथि गरिएको दुर्व्यवहार भएको उल्लेख छ । पत्रकारको परिचय पत्र देखाउँदा पनि नमानेर पत्रकारको दुर्व्यवहार गर्ने सुरक्षागार्डमाथि अस्पताल प्रशासनले छानबिन गरी कारबाही समेत गर्न माग गरेको छ ।
नेपाल पत्रकार महासङ्घ, बाँकेका सचिव कमल डाँगीले प्रेस विज्ञप्ति मार्फत गुप्तामाथि समाचार सङ्कलन गर्ने क्रममा अवरोध एवम् अङ्कुश लगाउने नियतले भेरी अस्पतालले सार्वजनिक गरेको सुचना प्रति नेपाल पत्रकार महासङ्घ, बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्दै अस्पताल संवेदनशील क्षेत्र भएकाले भेरी अस्पतालभित्र कुनै पनि भिडियो फोटो तथा समाचार सङ्कलन कार्य गर्नु गराउनु परेमा यस कार्यालयको सूचना अधिकारीसँग समन्वय गर्नुहुन अनुरोध गर्नुभएको थियो ।
ध्रुब राज शर्मा
सम्बन्धित समाचारहरू
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…
एम्बुलेन्स चालकमाथि कुटपिट
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का…