नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई प्रहरीले कात्तिक २० गते गिरफ्तार गरेको छ ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा दुर्गाथली गाउँपालिका–२ निवासी नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व नेकपा निकट अखिल कान्त्रीकारीका केन्द्रीय सदस्य तथा बाजुरा बझाङ जिल्ला इन्चार्ज २५ वर्षीया कमला थापा, छविसपाथीभेरा गाउँपालिका–५ निवासी नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता २३ वर्षीय बिकास जप्रेल र जयपृथ्वी नगरपालिका–११ निवासी सोही पार्टीका कार्यकर्ता २४ वर्षीय जनक सिंहलाई प्रहरीले जिल्ला सदरमुकाम चैनपुरस्थित अदालत नजिकैबाट गिरफ्तार गरेको हो ।
मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई बहिस्कार गर्रौ, एमसीसीका मतियारहरुलाई मतदान नगरौँ भनेर लेखिएका पोष्टर बजारमा टाँसीरहेको अवस्थामा नेत्रविक्रम चन्द विप्लव) नेतृत्वका तीन जना कार्याकर्ताहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले बताउनु भयो ।
गिरफ्तार गरिएका तीनै जनालाई जिल्लास्थित वडा प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको र गृह मन्त्रालयको आदेश अनुसार कानुनी प्रक्रिया अगाडी बढाइने डिएसपी भण्डारीले बताउनु भयो ।
निर्वाचन विरोधी गतिविधिहरु जिल्ला सदरमुकाम चैनपुर बढ्दै गएपछि सुरक्षा व्यवस्था समेत कडा पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भण्डारीले बताउनु भयो ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…