नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूकाे खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते
गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वैशाख २६ गते खुकुरी प्रहार गर्दा नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन ।
गङ्गादेव गाउँपालिका–५ मा माओवादी केन्द्रका कार्यकर्ता २६ वर्षीय राजेन्द्र परियार, २७ वर्षीय नवराज महर र २५वर्षीय प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष ३० वर्षीय मानबहादुर बुढा र २० वर्षीय कमल बुढा गम्भीर घाइते भएका छन ।
घाइते दुबैजनालई उपचारकालागि नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको छ ।
विवाहको भोज खाएर फर्किदै गर्दा दुईपक्षबिच जम्का भेट भएपछि घटना भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर थमन जिसीले बताउनु भयो । घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरेको टोली घटनास्थल तर्फ गएको इन्सपेक्टर जिसीले बताउनु भयो ।
दुबै पार्टीका नेताहरू आएपछि घटनाबारे छानबिन सुरू गरिने पनि प्रहरीले जनाएको छ ।
तिलक घर्ती मगर
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…