नेकपा माओवादीले स्थानीय तहमा आफ्नो साइनबोर्ड राख्यो
इलाम । ०७४ जेठ ६ गतेस्थानीय तह निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इलामका स्थानीय तहका कार्यालयमा आफ्नो पार्टीको साइनबोर्ड राखेको छ ।
यसअघि पुरानो संरचना अनुसार गाविसमा जनसत्ता गठन गर्दै आएको सो पार्टीले जेठ ५ गते राति माङसेबुङ गाउँपालिकाको साइनबोर्ड हटाएर 'स्थानीय जन-समितिको कार्यालय इभाङ' लेखिएको साइनबोर्ड राखेको छ ।
पार्टीले जीतपुर, फाकफोक, इभाङमा साइनबोर्ड राखेको पार्टीका इलाम इञ्चार्ज त्रिलोचनले जानकारी दिए । 'केही समयदेखि कार्यालयबाट जनसत्ताले गर्ने 'काम' सुरु हुन्छ ।'-त्रिलोचनले भने-'हामी स्थानीय तहको निर्वाचनको विरोधमा छौँ । नयाँ संरचना मान्दैनौँ र अब हामी जनतालाई यो निर्वाचनमा सहभागी नहुन सचेत गराउँछौँ ।' पार्टीले साइनबोर्डसँगै चुनाव खारेज गरौँ उल्लेख गरिएको पर्चा पनि टाँसेको छ ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…