नेकपा कार्यकताले मतदाता शिक्षा सामग्री जलाए

  ०७४ कात्तिक ३० गते

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री जलाएर नष्ट गरेका छन् । निर्वाचनको विरोधमा रहेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कात्तिक २९ गते हिमा गाउँपालिका-२ रनुखानागाउँमा मतदाता कार्यकर्ताबाट निर्वाचन शिक्षा सामग्री जफत गरी जलाएर नष्ट गरेका हुन् ।

मतदातालाई निर्वाचन शिक्षा दिनका लागि स्वयम्सेवक जयश्वर चौलागाई र राधा श्रेष्ठ गाउँमा पुगेका थिए । नेकपा कार्यकताले निर्वाचन शिक्षा सामग्री जफत गरी जलाएर नष्ट गरेको भन्दै सो पार्टीका पोलिटव्यूरो सदस्य रविकिरण तिरुवाले सामाजिक सञ्जालमा फोटो पोष्ट गरेका थिए ।

photo20171116jumla (1) photo20171116jumla (2) photo20171116jumla (3)


मानदत्त रावल