नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबिच झडप, आठ वर्षीय बालक पनि घाइते
सरुमारानी गाँउपालिका – ६ को बुढीचौरमा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबिच वैशाख २१ गते झडप भएको छ । उक्त झडपमा राजनीतिक दलका कार्यकर्तासँगै आठ वर्षीय सुशील पुन घाइते भएका छन् ।
अन्य घाइते हुनेहरूमा गठबन्धन तर्फका सरुमारानी गाँउपालिका – ६ का ४४ वर्षीय तनबहादुर घर्ती, ३४ वर्षीया निशाख पुन, ३२ वर्षीया आसिमया राउत, ४० वर्षीया लक्ष्मीमया पुन, ४६ वर्षीय हिराबहादुर पुन, ३९ वर्षीय तिलकबहादुर राना, २३ वर्षीय लालबहादुर रोका , ४० वर्षीय तिलक वि क र नेकपा एमाले तर्फ सोही ठाँउका ३४ वर्षीय मनबहादुर पुन, ४० वर्षीय द्रोणबहादुर वि क, र ३५ वर्षीय उमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सुशील थापाले बताउनु भयो ।
नेकपा एमाले कार्यक्रम गरिरहेको स्थानमा गठबन्धन तर्फका कार्यकर्ताहरूले आक्रमण गरेको नेकपा एमालेको सरुमारानि गाँउपालिका अध्यक्ष बसन्त जिसीले बताउनु भयो ।
गठबन्धनका उम्मेदवार र कार्यकर्ताहरू दलले घरदैलो गरेको अवस्थामा नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको गठबन्धन दलले आरोप लगाएको इन्स्पेक्टर सुशील थापाले बताउनु भयो ।
गठबन्धनतर्फका हिराबहादुर पुन, तिलकबहादुर रानाको जिल्ला अस्पतालमा र अन्यको बड्डा स्वास्थ्य चौकी उपचार पछि घर फर्केका छन् ।
घटना स्थलको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सुशील थापाले बताउनु भयो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार अभियोगीलाई १८ वर्ष कैद
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ ।…
बालविवाह गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकासँग ०७९ असार १७ गते बालविवाह गरेको कसुरमा माडी नगरपालिका-२ का १७ वर्षीय बालकलाई जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले माघ १७ गते ६ महिना कैद हुने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको…
बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१८ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा नरहा गाउपालिका–४ का २९ वर्षीय देवरंजन सदा, २६ वर्षीय रामगेन सदा र २१ वर्षीय रामकिसुन सदालाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १६ गते…