नेकपा एमालेका कार्यकर्तालाई कुटपिट गरेको आरोप
नेकपा एमाले धर्मदवी नगर कमिटी सदस्य ६० वर्षीय नारायण लिम्बूलाई धर्मदेवी नगरपालिका–१ मा नेपाली कांग्रेस कार्यकर्ताले जेठ ५ गते कुटपिट गरेको नेकपा एमालेले आरोप लगाएको छ ।
जेठ ५ गते साँझ नगरपालिका पुगेर घर फर्किदै गरेका लिम्बूलाई कांग्रेस कार्यकर्ताले धर्मदेवी नगरपालिका–१ स्थित महभिर नजिकै डाडाँमा बाटो छेकेर साङ्घातिक आक्रमण गरेको आरोप नेकपा एमालेको छ ।
नेकपा एमाले धर्मदेवी नगर कमिटीले विज्ञप्ति जारी गरी घटनाका दोषीलाई कारबाहीको माग गरेको छ ।
चुनावको हार स्वीकार गर्न नसक्ने नेपाली कांग्रेसका अराजक कार्यकर्ताले नगर कमिटि सदस्यलाई कुटपिट गरेको नेकपा एमाले धर्मदेवी नगर कमिटी अध्यक्ष सूर्य पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
पीडित ०७४ को स्थानीय तह सदस्य निर्वाचनमा एमालेबाट वडा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
कुटपिट टाउको, गोडा र शरीरका विभिन्नमा भागमा चोट लागेको छ । घाइते लिम्बूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार हुन नसकेपछि विराट नर्सिङहोम विराटनगरमा भर्ना गरिएको छ ।
घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
घटनामा संलग्न भएको आरोप लागेका नेपाली कांग्रेसका कार्यकर्ता रूपमान तामाङ फरार भएको र खोजी थालिएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा मौखिक जानकारी आएको भएपनि लिखित उजुरी नपरेको प्रहरीको भनाइ छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…
कर्णालीका ५५ प्रतिशत बालबालिकामा कुपोषण
नेपालको संविधानको धारा ३८ र धारा ३९ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावले जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हकको अधिकार भएको उल्लेख गरिए पनि कर्णालीमा गरिबीकै कारण ज्यान गएको पाइन्छ ।…