नेकपाको बन्दका कारण प्रदेश पाँचको जनजीवन प्रभावित
प्रदेश ५ का जिल्लामा नेकपा विप्लव समूहको बन्दले जनजीवन प्रभावित भएको छ । विभिन्न जिल्लामा सडक र स्थानीय तहमा राखिएका बम नेपाली सेनाको टोली निस्कृय गरेको छ ।
प्यूठान प्रतिनिधि रवीन्द्र पाण्डेका अनुसार स्वर्गद्वारी नपा-४ स्थित नगरपालिकाको कार्यालय र माण्डवी गाउँपालिका- ३ स्थित गाउँपालिकाको कार्यालयको गेटमा फागुन ३० गते भेटिएका बमलाई नेपाली सेनाको टोलीले निस्कृय गरेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
गुल्मी गिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । बजार र शिक्षण संस्था पूर्णरुपमा बन्द रहेका छन् । जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेनन् । जिल्ला प्रहरी कार्यालयले बजार बन्द गराउँदै हिडेको आरोपमा चार जनालाई गिरफ्तार गरेको छ ।
रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार मुख्य राजमार्गमा राखिएको बम सेनाको टोलीले डिस्पोज गरेको छ । बुटवल कालिकानगर कालिकाचोकमा डिभाईडरमा कालो टेपले बेरेर राखेको बस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । बन्दका कारण बुटवल र आसपासको क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
नेपालगञ्ज-कोहलपुर सडकखण्डको राँझाचोकमा अज्ञात समूहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । अज्ञात समूहले फागुन २९ गते राती राँझा विमानस्थल जाने चोकदेखि सय मिटर उत्तर राजमार्गमा बम राखिएको भए पनि फागुन ३० गते नेपाली सेनाको भैरवप्रसाद गणबाट खटेको टोलीले बम डिस्पोज गरेको थियो ।
पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिम्लिसिनाका अनुसार जिल्लाका शिक्षण संस्था बन्द रहे । सदरमुकाम तानसेन सहित छिमेकी बजारमा समेत बिहानैबाट सवारी साधन सञ्चालनमा आएनन् । अत्यावश्क बाहेक लामो तथा छोटो दुरीका सवारी साधन समेत नचल्दा यात्रुले सास्ती पाएका छन् ।
बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार बासगढी नपा-३ स्थित डुडुवा खोला नजिक शङ्कास्पद वस्तु फेला परे पछि नेपाली सेनाको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ । जिल्लामा शिक्षण संस्था, ठुला र लामो दूरीका सवारी साधन सञ्चालनमा आएनन् ।
इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…