नेकपाका १६ जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताले ०७८ फागुन ४ गते नेपाल बन्द भन्दै बजार तथा सार्वजनिक यातायात अवरोध गरेको अरोपमा प्रहरीले १६ जनालाई गिरफ्तार गरेको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीको खारेजीको माग गर्दै नेपाल बन्द सफल पार्न खटिएका नेकपाका कार्यकर्तालाई प्रहरीले सिन्धुलीमाढीका विभिन्न स्थानबाट गिरफ्तार गरेको हो ।
ढुङग्रेबासचोक स्थित बिपिराजमार्ग सिन्धुली बजार क्षेत्रमा नेकपाका जिल्ला सेक्रेटरी गोपाल ब्लोनको नेतृत्वको टोलिले जबर्जस्ती गाडी तथा बजार बन्द गर्दै हिँडिरहेकोले उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले जानकारी दिनुभयो ।
गिरफ्तारीमा पर्नेमा हरिहरपुरगढी गाउँपालिका–२ का जिल्ला सेक्रेटरी ३० वर्षीय गोपाल ब्लोन, फिक्कल गाउँपालिका–२ घर भएका दलित मुक्तीमोर्चा केन्द्रीय सदस्य ५५ वर्षीय जीवन परियार, कमलामाई नगरपालिका–४ निवासी देश भक्त जनगणतान्त्रीक मोर्चा जिल्ला सचिव ४८ वर्षीय बालकृष्ण थापा रहेका छन् ।
यसैगरी, नेकपाका कार्यकर्ताहरू कमलामाई नगरपालिका–४ का ६० वर्षीय डम्बरबहादुर पाख्रिन, २० वर्षीय जीवन बर्देवा, २९ वर्षीय प्रकाश बर्देवा, कमलामाई–३ का २५ वर्षीय अर्जुन कार्की, कमलामाई नगरपालिका–५ का २६ वर्षीय रिकमान वाईवा, कमलामाई नगरपालिका–१ का १८ वर्षीय पासाङ तामाङलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
यस्तै प्रहरीले विप्लप जिल्ला सिन्धुली साहायक ईन्चार्ज कमलामाई नगरपालिका–४ घर भएका ६० वर्षीय बुद्धि बि.क., क्रान्तिकारी माओवादी जिल्ला सदस्य ५८ वर्षीय हरि बस्नेत, देश भक्त जनगणतान्त्रीक मोर्चा जिल्ला संयोजक ५९ वर्षीय ढक्कप्रसाद देवकोटा, न्यायलय विभाग प्रमुख हरिहरपुरगढी गाउँपालिका–३ निवासी ४२ वर्षीय कपिला भन्ने शेरबहादुर वाईवा, फिक्कल गाउँपालिका इन्चार्ज फिक्कल गाउँपालिका–६ घर भएका ३० वर्षीय निस्वार्थ राई, श्रमिक सायुदायिक मोर्चा नेपालको केन्द्रयी सदस्य कमलामाई नगरपालिका–३ का ३५ वर्षीय जीवन नेपाली, हरिहरपुरगढी गाउँपालिका–२ घर भएका ४२ वर्षीय शशि राईलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
बन्द गराउदै हिडेको अवस्थामा उनीहरूलाई गिरफ्तार गरिएकोमा आवश्यक अनुसन्धान गरी साँझ सबैलाई छाडिएको डिएसपी लामाले बताउनु भयो ।
नविनबावु अधिकारी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…