नेकपाका कार्यकर्ताबिचको विवादका कारण एक घरमा आगजनी
मलङ्गवा नपा–३ विश्वकर्मा चोक निवासी नेकपा (केपी ओली पक्ष)का कार्यकर्ता ४२ वर्षीय रामबचन साहको घरमा नेकपा (प्रचण्ड र माधव पक्ष)का कार्यकर्ता मलङ्गवा नपा–१० का ३४ वर्षीय रामेश्वर राय यादव लगायतले आगजनी गरेको आरोपमा पुस १९ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ ।
पुस १५ गते मध्यराति बाँसको टाटी भएको घरमा नेकपा (प्रचण्ड र माधव पक्ष)का कार्यकर्ताद्वारा डिजेल र पेट्रोल छर्केर लगाएको आगोका कारण दुई ओटा भैँसी, एउटा पाडो, चार ओटा बाख्रालगायत घर समेत गरी १० लाख रुपियाँ बराबरको क्षति भएको पीडित साहले बताउनु भयो ।
पुस १४ गते नेकपा पार्टी कार्यालय दुवै समूहले दावी गरेको विषयमा विवाद भएको र सोही कारण घरमा आगजनी गरिएको पीडित पक्षको आरोप छ ।
घटनाको अनुसन्धान जारी रहेको र घटनामा संलग्न दोषीलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवरले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…