नेकपाका कार्यकर्ताद्वारा निकुञ्ज संरक्षण अधिकृतलाई दुर्व्यवहार
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई मोसो दलेर दुर्व्यवहार गरेका छन् ।
शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुलिगाडस्थित कार्यालयमा पुस २१ गते अनुहारमा मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
निकुञ्जमा रहेर आर्थिक अनियमितता गरेको र बारम्बार चेतावनी दिँदासमेत नसुध्रिएपछि पहिलो पटक साङ्केतिक रूपमा मोसो दलेर कारबाही गरिएको सो पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।
१०/१२ जनाको समूहमा आएका नेकपाका कार्यकर्ता र कार्यालयमै रहेका सुरक्षाकर्मीबिच ढुङ्गा हानाहानसमेत भएको प्रत्यक्षदर्शी हरि गुरुङले बताए ।
नेपाल कम्युनिष्ट पार्टी डोल्पा इञ्चार्ज अजिव विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा संरक्षण अधिकृत चौधरी लामो समय डोल्पामा बसेर डोल्पामा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बाबाट उठेको राजस्व बापतको रकम राजस्वमा दाखिला नगरेर कमिशन खाने गरेको, यार्सागुम्बा सङ्कलन रसिदमा एकल शासन लादेर रसिद ठेलीसमेत लुकाउने गरेको, मध्यवर्ती वन समितको अधिकारलाई अपव्यख्या गरेर सबै अधिकार आफूमा निहित गरेको, भवन निर्माण रासनको ठेक्का निकुञ्जले विभिन्न समयमा नियन्त्रणमा लिएको जडिबुटीलगायतका महत्वपुर्ण वस्तुको लिलाम विक्री गर्दा कमिशन खाने गरेको र वार्डेन कार्यालयमा जागिरको शिलशिलामा महिलाहरूलाई राखेर यौन दुर्व्यवहारसमेत गर्ने गरेकोलगायतका आरोप लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बमहादुर केसीले दुर्व्यवहारको घटना भएको जानकारी आएको बताउँदै घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिक्रिया दिए ।
विष्णुप्रसाद देवकोटा
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-४ का २७ वर्षीय सुशिल कुमार यादवविरुद्धको उजुरी ०८१ मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक…