नुवाकोटमा दलित महिला सदस्यका दुई पद खाली
नुवाकोटको दुई ओटा स्थानीय तहमा एक/एक ओटा दलित महिला सदस्य पद खाली हुने भएको छ । वैशाख ११ र १२ गते तोकिएको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन गर्ने क्रममा दुप्चेश्वर गाउँपालिका वडा नं. १ र तारकेश्वर गाउँपालिका वडा नं. ६ मा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको कारण यी दुई तहमा दलित महिला सदस्य खाली हुने भएको हो ।
दुप्चेश्वर गाउँपालिका निर्वाचन अधिकृत केशरबहादुर पण्डितका अनुसार विभिन्न दलले उम्मेदवारी दर्ता गराए पनि दुप्चेश्वर गाउँपालिकाको वडा नं. १ मा दलित महिला पदमा भने कसैको उम्मेदवारी दर्ता भएन ।
दुवै वडामा दलितको घर बस्ती नै नभएको कारण कुनै पनि दलले दलित महिला सदस्यको लागि उम्मेदवार पाउन नसकेको कारण खाली हुन पुगेको हो ।
नुवाकोटका १२ ओटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८८ वडाका अध्यक्ष र सदस्य गरी ४ सय ६४ पदको लागि २ हजार २४ जनाले उम्मेदवारी दिएका छन् ।
स्थानीय तह प्रमुखमा ९० जना, उपप्रमुखमा ७० जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाअध्यक्षमा ४ सय ७० जना, महिला सदस्य ३ सय ६७ जना, दलित महिला सदस्य ३ सय ८ जना र खुल्ला सदस्य ७ सय १९ जनाले उम्मदेवारी दर्ता गराएका हुन् ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…