निषेधित क्षेत्र तोडेकाे आरोपमा ४९ जना मिटरब्याज पीडित गिरफ्तार
निषेधित क्षेत्र तोडेर सङ्घीय संसद भवन, बानेश्वरमा प्रवेश गरेकाे आरोपमा ४९ जना मिटरब्याज पीडितलाई प्रहरीले ०८० फागुन १४ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी एवम् प्रवक्ता नवराज अधिकारीका अनुसार संसद भवनमा प्रवेश गरेकाे आरोपमा ४८ जना महिला र एक जना पुरुषलाई आफूहरूले नियन्त्रणमा लिइएको बताउनु भयो ।
गत वर्ष सरकारसँग पाँच बुँदे सम्झौता गरेको एक वर्ष पुग्नै लाग्दा आफूहरूका मागहरूको सम्बोधन नभएको र उल्टै विभिन्न सरकारी निकाय, अदालतले समेत मिटरब्याज कै पक्षमा लागेर फर्जी लिखतलाई वैधता दिन थालेको भन्दै मिटरब्याज पीडितहरू न्याय माग्दै राजमार्ग यात्रा गरेर काठमाडौँ केन्द्रित आन्दोलमा सहभागि भएका थिए ।
गिरफ्तारीमा परेकाहरूलाई प्रहरी वृत्त, नयाँ बानेश्वरमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले इन्सेकलाई जानकारी दिनुभयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…