निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ३ गते सात जनालाई गिरफ्तार गरेको छ ।
प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका-५ का विष्णु कार्की, सोही ठाउँका मोहन राउत, सोही ठाउँका युवराज थापा रहेका छन् ।
त्यसैगरी कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका- ९ का बिन्दमान सार्की, सुर्खेत जिल्लाको वीरेन्द्रनगर नपा वडा नं. ४ का भोगराज देवकोटा, मोरङ जिल्लाको पथरी शनिश्चरे नपा-७ घर भई हाल काठमाडौँ जिल्ला गैरीगाउँ बस्ने कुमार घतानी, सिन्धुली जिल्लाको भिमान नपा-९ सिन्धुली घर भई हाल काठमाडौँ चाबहिल बस्ने सुमिता बुढाथोकी रहेका छन् । उनीहरूलाई केही सयमपछि रिहा गरिएको इन्स्पेक्टर गुरुले जानकारी दिनु भयो ।
संविधान दिवसका दिन असोज ३ गते संसद भवनको ३ नम्बर गेटअगाडि प्रदर्शन गर्ने क्रममा उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।
पार्वती साउद
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…