निषेधाज्ञा तोडेपछि प्रहरीद्वारा गोली चलाइयो, घटनाको इन्सेकद्वारा स्थलगत अनुगमन
हरिनगर गाउँपालिका-३ का १९ वर्षीय जीवन मेहतालाई धर्मको विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा लेखेको आरोपमा मुस्लिम समुदायका युवाले चैत २२ गते कुटपिट गरेपश्चात दुई समुदायबिच चैत २३ गते भएको झपडपको इन्सेकले स्थलगत अनुगमन गरेको छ ।
जीवन मेहताले ०८० फागुन २५ गते फेसबुकमा मुस्लिम धर्मविरुद्ध लेखेको आरोपमा चैत २२ गते मुस्लिम समुदायका युवाले कुटपिट गरेपछि चैत २३ गते दुई समुदायबिच भड्किएको सद्भावका विषयमा इन्सेकले स्थलगत अनुगमन गरेको हो ।
गोली प्रहारबाट दुई जना घाइते
मुस्लिम समुदाय र हिन्दू समुदायबिच सामाजिक सद्भाव बिथोलिने र सम्भावित हिंसाका घटना हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका-१ र ७ मा चैत २३ गते मध्यान्हपछि लगाएको निषेधाज्ञा तोडेपछि प्रहरीले अश्रु ग्याँस र गोली चलाएको छ । गोली प्रहारबाट हरिनगर गाउँपालिका-४ का २१ वर्षीय जीतेन्द्र यादव र सोही ठाउँका २२ वर्षीय मुकेश मेहतालाई गोलीको खोकाले लागेर घाइते भएका छन् । यादवको ढाडमा र मेहताको हातमा गोली लागेको स्थानीय धर्मवीर आर्यले बताए । घाइते दुवै जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा उपचार भइरहेको छ ।
१९ जना सुरक्षाकर्मी घाइते
निषेधाज्ञा तोडेर हिन्दू समुदाय र मुस्लिम समुदायका युवाबिच झडप भएपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीनकृष्ण भण्डारीले बताउनु भयो । प्रहरीसँगको झडपमा नेपाल प्रहरीतर्फ डिएसपी भण्डारीसहित १५ जना र सशस्त्र प्रहरी इन्स्पेक्टर उमेश काफ्लेसहित चार जना गरी १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरी तर्फ इन्स्पेक्टर महेश भट्टराई, असइ पुष्पलाल अधिकारी, प्रहरी सहायक हवलदार सन्तोस रिजाल, जवान सुजन राई, नागेन्द्र राई, सञ्जयकुमार यादव, दोर्जी शेर्पा, विपिन श्रेष्ठ, पिकीकुमार मण्डल, राकेश राई, किकंकग राई, वीरबहादुर श्रेष्ठ, सुजन कुमार दनुवार छन् । सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी इन्सपेक्टर उमेश काफ्ले ,जवान सुजन लिम्बु, भिम राई छन् । घाइतेको कोशी अस्पताल विराटनगर र प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरमा उपचार भइरहेको छ ।
निषेधाज्ञाबिच इन्सेकको अनुगमन
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोडेपछि इन्सेकले निषेधाज्ञाकाबिच हरिनगर गाउँपालिका-१ र २ मा तथा हरिनगर गाउँपालिका-४ मा गोली चलेको सूचनापछि घटनास्थलको अनुगमन गरेको छ । इन्सेक प्रतिनिधिले प्रहरीसँग अनुमति लिएर घटनास्थल, पीडितहरु, घाइते प्रहरी तथा जवानहरुसँग भेटेर घटनाका विषयमा जानकारी लिएको छ ।
भौतिक संरचनामा क्षति
इन्सेकले गरेको स्थलगत अनुगमनका क्रममा चैत २३ गते हरिनगर गाउँपालिकाको कार्यालयमा तोडफोड गरिएको पाइएको छ । हिन्दू र मुस्लिम समुदायका युवाहरुको भीडले प्रवेशद्धारमा रहेको होर्डिग बोर्ड, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत, सूचना अधिकृत, प्रशासन प्रमुखको कार्यकक्ष गरी ११ ओटा झ्याल तोडफोड गरेका छन् । युवाहरुको समूहमा आएको हुलले २० ओटा कुर्सी, डिजिटल बोर्ड, फर्निचर र एलसीडी, दुई ओटा मोटरसाइकलमा टोडफोड गरेर क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष गफार अञ्सारीले बताउनु भयो ।
७२ घण्टायता निषेधाज्ञा जारी
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जिल्ला प्रशासनले ०८० चैत २३ गते मध्यान्हदेखि जारी गरेको निषेधाज्ञा वितेको ७२ घण्टायता जारी छ । हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका-१ र ७ मा चैत २३ गते मध्यान्हदेखि जारी निषेधाज्ञालाई प्रशासनले चैत २३ गते ५ बजेपछि देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा अर्को सूचना जारी नहुनञ्जेलसम्मका लागि निषेधाज्ञा जारी राखेको छ ।
पत्रकारमाथि कुटपिट र सञ्चार सामग्रीमा क्षति
हरिनगर गाउँपालिका-७ घुस्कीका २७ वर्षीय पत्रकार ब्रहमदेव मेहताले समाचार सङ्कलनका क्रममा हरिनगर गाउँपालिका-२ का ३५ वर्षीय फिरोज अञ्सारी, २७ वर्षीय दिलसाद सीद्धिकी र २६ वर्षीय समसीर अञ्सारीले कुटपिट गरी डिएसएलआर क्यामरा तोडफोड गरिदिएको पीडित पत्रकारको आरोप छ । हरिनगर गाउँपालिका-२ स्थित मरिया खोला पुलमा हिन्दू र मुस्लिम समुदायका युवाबिच झडप भएपछि फोटो खिच्ने क्रममा कुटपिट गरिएको र क्यामरा तोडफोड गरिएको पीडित पत्रकारको आरोप छ ।
घटनाको कारण
हरिनगर गाउँपालिका–३ का १९ वर्षीय जीवन मेहताले ०८० फागुन २५ गते शिवरात्रीका दिन हिन्दूहरुले विद्युतपोलमा लगाएको झण्डा झिकेर फालेको आरोपमा मुस्लिम धर्मविरुद्ध सामाजिक सञ्जालमा लेखेपछि ०८० चैत २२ गते हरिनगर गाउँपालिका-१ रामनगर भुटाहाका मुस्लिम युवाहरुले मेहतालाई कुटपिट गरेपश्चात घटनाका क्रम विकसित भएको हो ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…