निशुल्क पाइने औषधिको शुल्क लिएर विक्री गरेपछि सेवाग्राही मर्कामा
बेंसीशहरमा रहेको जिल्ला सामुदायिक अस्पतालले नेपाल सरकारले निशुल्क प्रदान गर्ने भनेका औषधिहरू शुल्क लिएर विक्री गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।
निशुल्क पाइने औषाधिहरू अस्पतालले शुल्क लिएर विक्री गरेका कारण सेवाग्राही आक्रोशित बनेपछि अस्पताल विवादित बनेको छ । सोमबार औषधि लिन गएका चिती-५ का बेदराज खनियाले 'सेपट्याक्जन सुइ' निशुल्क प्रदान गरिने भनी अस्पतालको बडापत्रमा उल्लेख गरेपनि अस्पतालमा आफूले शुल्क तिर्नु परेको आरोप लगाए ।
त्यस्तै बेंसीशहर-९ की सीता सुनारले पनि गर्भवतीले खाने 'फेलोक एसिड' नामको औषधिसमेत निशुल्क दिनुपर्नेमा शुल्क लिएको आरोप लगाइन् ।
अस्पतालका लेखा अधिकृत अरूण राईले औषधि वितरण केन्द्रमा बस्ने कर्मचारीहरूको गल्तीको कारण शुल्क लिइएको स्वीकारेका छन् । राईले आगामी दिनमा त्यस्तो गल्ती गर्नेविरूद्ध अस्पताल प्रशासनले कारबाही गर्ने बताए ।
अस्पतालका कर्मचारीले नियतबस शुल्क लिएको पाइएमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए ।
दलबहादुर मजाकोटी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…