निवर्तमान सभामुख घर्तीसहित माओवादी नेताहरूलाई लक्षित गरी बम विष्फोट
निवर्तमान सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित मङ्सिर १ गते रोल्पा नपा-१ लिबाङ नजिकै भदौरे जङ्गलमा दुई ओटा बम प्रहार भएको प्रहरीले जनाएको छ ।
भदौरे जङ्गलको भीरबाट नेताहरूको गाडी भन्दा १० मिटर अगाडी बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर सुदर्शन पन्थीले जानकारी दिए । घटनामा कुनै क्षति नभएको बताइएको छ । बम प्रहार भएलगत्तै प्रहरीले भदौरे भीरमा घेरा हालेर बम प्रहार गर्ने अज्ञात समूहको खोजी गरिरहेको छ ।
महरा कार्यक्रममा सहभागी हुन दाङबाट रोल्पा आएका हुन् भने रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका वर्षमानपुन र ओनसरी घर्ती रोल्पामै रहेका थिए ।
माधवकुमार ओली
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…