निलम्बित अख्तियार प्रमुखविरूद्ध सर्वोच्चमा मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्ध सर्वोच्च अदालतमा कात्तिक १८ गते मुद्दा दर्ता गरिएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालद्वारा प्रमुख आयुक्त कार्कीसहित अन्य तीन जनाविरूद्ध कानुनी प्रक्रिया अगाडि बढाइ पाउँ भन्दै मुद्दा दर्ता गरिएको हो ।
दायर उजुरीमा कार्कीसहित कृषि विकास बैङ्कका अध्यक्ष एवम् पूर्व कानुन सचिव प्रमोद कार्की र महानगरीय प्रहरी वृत्त वानेश्वरका सई नकुलराज गौतम र कार्कीका ज्वाँई प्रवल थापालाईसमेत विपक्षी बनाइएको अधिवक्ता आर्यालले जानकारी दिए ।
म्याद तामेलीमा अवरोध गरे मुलुकी ऐनको अदालतको बन्दोबस्तीसम्बन्धी महल अनुसार १५ दिन कैद, १ हजार रुपियाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…