निर्वाचन हुनेमा अब दुविधा छैन-प्रमुख आयुक्त यादव
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्ने गन्तव्यसम्म आयोग पुगिसकेकाले निर्वाचन हुनेमा अब कुनै दुविधा नरहेको बताएका छन् ।
राष्ट्रिय सञ्चारमाध्यम (छापा र अनलाइन) का सम्पादकसँगको ललितपुरमा वैशाख ५ गते भएको अन्तरक्रियामा उनले निर्वाचनका लागि आवश्यक मतपत्र, मतदाता नामावली र मतदाता परिचयपत्रको छपाइ लगभग सकिसकेको र मतपेटिकालगायतका निर्वाचन सामग्रीको जिल्ला जिल्लामा ढुवानी भइरहेको जानकारी दिँदै निर्वाचन हुनेमा अब कुनै शङ्का नरहेको बताएको राससले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भने-“लोकतन्त्रमा दलीय सहमति वा असहमति हुनु स्वाभाविक हो । आयोगले सावधानीपूर्वक काम गरिरहेको छ । दलहरू निर्वाचनबारे अर्को सहमति गरेर अघि बढे पनि आयोगलाई मान्य हुने छैन ।”
“निर्वाचन जनताको हातमा हुन्छ । मतदाताको हातमा हुन्छ । खेलाडी राजनीतिक दलहरू हुन् । निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन मात्रै गर्ने हो ।” -उनले भने ।
निर्वाचनको व्यवस्थापन र तयारीमा आयोग निकै अघि बढिसकेकाले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न अब अध्यादेश वा विधेयक आउन नसक्ने उनको भनाइ थियो ।
यस पटकको निर्वाचनमा मतदान ८० प्रतिशत भन्दा बढी पुर्याउने र बदर मत २ प्रतिशतमा झार्ने लक्ष्य आयोगले राखेको उनले जानकारी दिए ।
उनले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सञ्चारमाध्यमले प्रशंसनीय भूमिका खेलेको र त्यो आगामी दिनमा पनि जारी रहने विश्वास व्यक्त गरे ।
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनको वातावरण बनाउन र स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि आचारसंहिताको पालना गराउन सञ्चारमाध्यमले गर्दै आएको काम अतुलनीय रहेको बताए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
एम्बुलेन्स चालकमाथि हातपात
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि हातपात गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते हातपात गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी…
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…