निर्वाचन सुरक्षा सम्वेदनशीलता बढ्योः सुरक्षा समिति
आगामी मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षा सम्वेदनशीलता बढेको जनाएको छ ।
स्थानीय तह निर्वाचनमा जिल्लामा नौ ओटा मतदानस्थल अति सम्वेदनशील र १० ओटा निर्वाचनस्थल सम्वेदनशील रहेकामा प्रदेश र प्रतिनिधि सभा निर्वाचन सुरक्षा योजनामा यो सङ्ख्या दोब्बरले बढेको हो ।
जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाभरी १९ ओटा मतदानस्थल अति सम्वेदनशील २५ ओटा सम्वेदनशील र ८५ ओटा मतदानस्थल सामान्यमा राखिएको छ ।
शैल्यशिखर नगरपालिका, मालिकार्जुन, मार्मा र नौगाड गाउँपालिकाका मतदानस्थल सम्वेदनशीलको सूचीमा परेका छन् । यी गाउँपालिका र नगरपालिकामा स्थानीय तह निर्वाचनको समयमा विवाद तथा झडपका घटनाहरू देखिएका थिए ।
यस्तै यसपटक मतगणनास्थल सदरमुकाम खलङ्गामै हुने भएको कारण ढुवानी जोखिम बढेको छ भने व्यास गाउँपालिका, अपि हिमाल गाउँपालिकालगायतमा हिमपात हुने अवस्थालाई समेत जोखिम मानिएको छ ।
जिल्लाका नौ ओटा स्थानीय तहका १ सय २९ ओटा मतदान केन्द्रको सुरक्षा अवस्था मजबुद हुने गरी निर्वाचन सुरक्षा योजना बनाइएको सशस्त्र प्रहरीका डिएसपी अम्बिकाप्रसाद जोशीले बताए ।
सुरक्षा सम्वेदनशीलता देखाउँदै १ सय २९ मतदान केन्द्रको सुरक्षार्थ २ हजार १ सय १५ जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने सुरक्षा समितिले जनाएको छ ।
निर्वाचनको पहिलो घेरामा रहने नेपाल प्रहरी र म्यादी प्रहरी गरी १ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…