निर्वाचन सामग्रीसहित मतदान स्थलमा खटिए कर्मचारी
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाका आठ ओटा स्थानीय तहमा आवश्यक सामग्री सहित ४ सय ९६ जना कर्मचारी परिचालन गरिएको छ । जिल्लाका आठ ओटा स्थानीय तहका ७९ मतदान स्थलका १ सय २ मतदान केन्द्रमा ४ सय ९६ जना कर्मचारी खटाइएका हुन् ।
मतपेटिका र निर्वाचनका सामग्री मतदान स्थलमा पु¥याईदै छ । मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतपेटिका र निर्वाचनका सामग्रीसहित मतदान स्थलमा गएका हुन । मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितका कर्मचारी सामग्री बोकेर मतदान स्थलतर्फ निस्केका छन् ।
स्थानीय तहको निर्वाचनका लागि २ सय ४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका १ सय २ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ४ सय ९६ कर्मचारी खटिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार जिल्लाका ७९ मतदान स्थलका १ सय २ मतदान केन्द्रमा खटिने कर्मचारी समेत छनौट गरिएको छ । मतदान अधिकृतमा ६ जना महिला अधिकृत खटिएकी छन् ।
पाँच सय भन्दा माथि मतदाता भएका मतदान केन्द्रमा पाँच जना र पाँचसय भन्दा कम मतदाता भएका केन्द्रमा चार जना कर्मचारी खटाएको उहाँले बताउनु भयो ।
जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लामा ८८ मतदान केन्द्र पाँच सय भन्दा बढी मतदाता र १४ वटा मतदान केन्द्रमा पाँच सय भन्दा कम मतदाता छन् । सोही मापदण्ड अनुसार जिल्लामा कर्मचारी परिचालन गरिएको हो । प्रत्येक केन्द्रमा कर्मचारी सहित तीन जना स्वयंसेवक खटिएका छन् । त्यसको जिम्मेवारी मतदान अधिकृतकै हुनेछ ।
निर्वाचन अधिकृतको कार्यालयमा सिसि टिभि जडान
जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सिसिटिभि जडान गरिएको छ । मतगणना सुरक्षित तवरले सम्पन्न गर्नका लागि सिसि क्यामरा जडान गरिएको हो । प्रमुख जिल्ला अधिकारी बिजय कुमारी प्रसाईका अनुसार आठ ओटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सिसि क्यामरा जडान गर्न यस अघिनै निर्देशन गरिएको थियो । उहाँले भन्नुभयो जडान भईसकेको छ ।
त्यस्तै विगतको निर्वाचनमा टेलिफोन नै नलाग्ने स्थानीय तहमा यस पटक सिसि क्यामरा समेत जडान गरिने भएको छ । प्रजिअ प्रसाईका अनुसार केन्द्रीय निर्देशन अनुसार नै जुम्लाका सबै स्थानीय तहलाई निर्वाचन अधिकृतको कार्यालयमा सिसि क्यामरा जडान गर्न निर्देशन गरिएको थियो ।
विगतमा केही स्थानीय तहमा धाधली र झगडा भएका थिए । सिसिटिभि जडान गरेको खण्डमा सुरक्षाको दृष्टिले सहज हुने भएको छ । सिसि क्यामराले निर्वाचन अधिकृतको कार्यालय वा मतगणना स्थलमा थप सुरक्षित हुने अपेक्षा गरिएको छ । सिसि क्यमराले केही समस्या भईहालेमा प्रमाणको रुपमा हेर्न सकिने भएकाले यस्तो कार्यको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताउनु भयो ।
१ हजार ७ सय २१ सुरक्षाकर्मी खटिए
स्थानीय तहको निर्वाचनका लागि जुम्लामा एक हजार ७ सय २१ सुरक्षाकर्मी खटाइएको छ । शान्ति सुरक्षा बजमुद बनाउने र निर्वाचन धाँधलीमुक्तसहित भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो । नेपाल प्रहरी ४ सय ३२ जना, नेपाली सेना ३ सय ५० जना, सशस्त्र प्रहरी २ सय ७० जना र म्यादी प्रहरी ६ सय ६९ जना परिचालन गरिएको डीएसपी नरेन्द्र चन्दले बताउनु भयो ।
सुरक्षा टोलीले अहिले मतदान स्थल र मतदान केन्द्रको सूचना सङ्कलनदेखि स्थलगत निरीक्षणको काम गरिरहेको डिएसपी चन्दले बताउनु भयो ।
उहाँले भन्नुभयो ‘निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ति खटाइएको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने छ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेका छन् ।
नन्दबक्स गणका गणपति रबिन थापाले जुम्लाका आठ वटै स्थानीय तहमा नेपाली सेना परिचालन भएको बताउनु भयो । उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले सेनाले सुरक्षाको लागि कुनै पनि कसर बाँकी नराखी कार्य गर्ने बताउनु भयो ।
सशस्त्र प्रहरी बल नम्वर ३३ गण जुम्लाका एसपी चित्रङ्गत दाहालले निर्वाचनमा आउन सक्ने चुनौती चिर्दै शान्तिपूर्ण रुपमा सम्पन्न गराउने विषयमा जिल्ला स्थित सबै सुरक्षा निकाय योजनाबद्ध तरिकाले लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार पार्ने गरी सुरक्षा रणनीति बनाइएको छ ।
त्यस्तै निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन गरिएको छ । केही सुरक्षाको जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले बताउनु भयो । उहाँले भन्नुभयो मर्यादित निर्वाचनको महत्वपूर्ण शर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हो । ्त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गरेको छ ।
निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रुपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले समेत काम गर्ने बताइएको छ । तर जुम्लामा केही भौगोलिक हिसावले बिकट स्थानमा रहेका मतदान स्थललाई लक्षित गरी चुनावमा हुन सक्ने राजनीति दलको प्रतिष्पर्धा र झडप लगायत चुनौती हुनसक्ने, आकलन गरेर जुम्लाको सुरक्षा संयन्त्रले योजना बनाएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…