निर्वाचन साक्षरता प्रभावकारी भएन: पौडेल
राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य गोविन्द प्रसाद शर्मा पौडेलले निर्वाचन शिक्षा प्रभावकारी नभएको बताएका छन् । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको अनुगमनका क्रममा मङ्सिर २० गते रुपन्देहीमा आएका पौडेलले मानव अधिकारकर्मी, पत्रकार र पर्यवेक्षकहरुसँग सो कुरा बताएका हुन् ।
उनले निर्वाचनमा ५२ वटा संस्थाका ४२ हजार बढी पर्यवेक्षकहरुले निर्वाचन अनुगमन तथा पर्यवेक्षण गर्ने गरेको भए पनि शहरी क्षेत्र, मुख्य राजमार्ग लगायतका क्षेत्रमा मात्र पर्यवेक्षक घुइँचो लाग्ने र ग्रामीण क्षेत्रमा पर्यवेक्षक जान नखोज्दा समस्या देखिएको बताए । सदस्य पौडेलले निर्वाचन आयोगले बनाएको आचार संहिता स्वयम् आफैले कति पालना गरेको छ र सरकारले कति पालना गरेको छ, राजनीतिक दलहरुले कति पालना गरेका छन्, त्यसको पनि अनुगमन गर्नुपर्ने अवस्था रहेको बताए । उनले सरकारले निर्वाचन आचार संहिता लागु गरेलगत्तै प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, डिआईजीको नियुक्ति जस्ता कुरा गर्न हुन्थ्यो की हुदैन्थ्यो र सरकारले शंकाकै भरमा गिरफ्तार गरेर सार्वजनिक अपराध मुद्दा चलाउने र राजनीतिक दलहरुले मौन अवधिलाई मनी अवधिमा प्रयोग गरेको बताए ।
पौडेलले मतदाताले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चित गरिनु पर्ने तथा महिलामैत्री,जेष्ठ नागरिकमैत्री, अपाङ्गमैत्री र तेस्रो लिङ्गीमैत्री मतदान स्थल हुनुपर्ने पनि उल्लेख गरेका छन् ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपाध्यक्ष गोविन्द खनालले मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चित गरिनुपर्ने बताए । उच्च अदालत बारएशोसियसनका अध्यक्ष खडानन्द भण्डारीले निर्वाचनको निष्पक्ष पर्यवेक्षणका लागि सबैलाई आग्रह गरे ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…