निर्वाचन शिक्षा सामग्री लुटेको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार
निर्वाचन सामग्री लुटपाटमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले असार ३ गते गिरफ्तार गरेको छ ।
प्रहरीले नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सदस्य ३० वर्षीय जनक बिकलाई लुटिएका निर्वाचन सामग्रीसहित शान्तिनगरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी धिरजप्रताप सिंहले बताए ।
असार ३ गते शान्तिनगर गाउँपालिका-३ भलानेटीमा मतदाता शिक्षा दिइरहेका बेला मुख छोपेर आएका ५/६ जनाको समूहले मतदाता शिक्षा कार्यकर्ताहरू विमला खड्का र गीता भण्डारीबाट मतदाता नामावली, चेतनामूलक सामग्रीहरू, नमूना मतपत्र, स्वस्तिक छाप, निर्वाचन आचारसंहितासहितको एक झोला सामग्री लुटेर भागेका थिए ।
प्रहरीले लुटिएको झोलासहित बिकलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जनायो । मतदाता शिक्षा कार्यक्रम सकिएपनि विकट क्षेत्र भएकाले स्वयंसेवकहरूले घरदैलो गरिरहेका थिए ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…