निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा राजपाका कार्यकर्ता गिरफ्तार
मतदातालाई मतदान नगर्न आग्रह गर्दै निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले असार ८ गते रामग्राम नपा-१० बाट राष्ट्रिय जनता पार्टीका ६ जना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेहरूमा रामग्राम नपा-५ का राजपाका केन्द्रीय उपाध्यक्ष ५५ वर्षीय गोविन्द चौधरी, रामग्राम नपा-१ बस्ने राजपाका जिल्ला संयोजक पुरन चौधरी, रामग्राम नपा बस्ने राजपाका जिल्ला प्रवक्ता राधेरमण पाण्डे, रामग्राम नपा-१२ बस्ने राजपाका जिल्ला सदस्य ४३ वर्षीया चन्द्रिका चौधरी, सरावल नपा-१ का ४५ वर्षीय ओमप्रकाश चौधरी र रामग्राम नपा-२ का ५५ वर्षीय विजय अग्रहरी रहेका छन् ।
यसैगरी असार ८ गते नै अज्ञात समूहले सुनवल नपा-१२ मा पार्किङमा राखिएको एक पिकअप भ्यानमा आगजनी गरेको छ ।
सो वडामा माओवादी केन्द्रबाट वडा सदस्य पदका उम्मेदवार प्रेम थापाले निर्वाचन प्रचार- प्रसारमा प्रयोग गरेको लु १ ज १८१६ नम्बरको पिकअप भ्यानमा आगजनी भएको प्रहरीले जनाएको छ ।
आगजनीबाट भ्यानमा पूर्ण रूपमा क्षति पुगेको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…