निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुई विद्यार्थी नेता गिरफ्तार
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रा.) का केन्द्रीय सदस्य २८ वर्षीय हेमन्त जिसी र जिल्ला सचिव २० वर्षीय अमर खडकालाई प्रहरीले मङ्सिर १८ गते राति गिरफ्तार गरेको छ ।
तुल्सीपुर उमनपास्थित घोराहीमा डेरा गरी बसेका दुवै जनालाई प्रहरीले गिरफ्तार गरेको अनेरास्ववियु (क्रा.) दाङले जनाएको छ ।
अनेरास्ववियु (क्रान्तिकारी) दाङकी अध्यक्ष प्रीतिमा चौधरीले मङ्सिर १९ गते विज्ञप्ति जारी गरी अपहरण शैलीमा घर घेरा हालेर गिरफ्तार गरिएको भन्दै तत्काल रिहाइको माग गरेकी छन् ।
जिसी र खड्कासहित दाङमा नेपाल कम्युनिष्ट पार्टीले उक्त पार्टी निकट विद्यार्थी सङ्गठन तथा शुभेच्छुक गरी ३० जनालाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय दाङकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
एम्बुलेन्स चालकमाथि हातपात
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि हातपात गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते हातपात गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी…
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…