निर्वाचन विरोधी गतिविधिमा संलग्न तीन गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले मङ्सिर ११ गते तीन जनालाई गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा इलाम नगरपालिका-६ का चुडामणी घिमिरे, सूर्योदय नगरपालिका-२ का सुमित खत्री, भारत जलपाइगुडीका सुभाष तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी विपिन कर्माचार्यका अनुसार प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रहेर निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको पाइएकाले अन्य नौ जना पनि गिरफ्तार गरिएको छ । गिरफ्तार हुनेमा जिल्ला कमाण्डर देखि गाउँस्तरीय कार्यकर्ता रहेको एसपी कर्माचार्यले बताए ।


कोकिला ढकाल