निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा गिरफ्तार
निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट शिक्षकहरूसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार गरेको छ ।
इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले भगवती मावि इलाममा कार्यरत शिक्षक खिनमाया परियारलाई गिरफ्तार गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको दलित आयोग प्रमुख रहेकी खिनमायालाई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएकाले मङ्सिर ७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी विपिन कर्मचार्यले जानकारी दिए ।
नेकपाका कार्यकर्ता डम्बर मगरलाई पनि प्रहरीले मङ्सिर ६ गते राति इलामबाटै गिरफ्तार गरेको छ । मगर युवा सङ्गठन प्रमुख रहेको एसपी कर्मचार्यको भनाई छ ।
यसअघि मङ्सिर १ गते प्रहरीले अन्य चार जना कार्यकर्तालाई इलामका विभिन्न स्थानबाट गिरफ्तार गरेको थियो । इलाम नगरपालिका-५ बाट ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका-११ बाट २७ वर्षीय सञ्जीव फागो, देउमाई नगरपालिका-८ बाट ६६ वर्षीय मोहन बराल र इलाम नगरपालिका- १ बाट २६ वर्षीय विशाल राईलाई गिरफ्तार गरिएको र उनीमाथि अनुसन्धान भइरहेको एसपी कर्मचार्यले जानकारी दिए ।
इन्सेक काभ्रे जिल्ला प्रतिनिधि भोजराज तिमल्सिनाका अनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका सात जना कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ ।
आफूलाई नेत्रविक्रम चन्दको ड्राइभर बताउने तेमाल गाउँपालिका-८ कमेरेका ४१ वर्षीय नमराज परियारलाई मङ्सिर ७ गते प्रहरीले गिरफ्तार गरेको छ । यसैगरी महाभारत गाउँपालिका-२ जोरछाँगाका ३५ वर्षीय आकाश भनिने हुद्धबहादुर वाइवा र नेपाल क्रान्तिकारी शिक्षक सङ्गठन काभ्रेका उपाध्यक्ष पाँचखाल नपा-५ केराघारीका ४३ वर्षीय डालबहादुर मिजारलाई मङ्सिर ६ गते धुलिखेलबाट प्रहरीले गिरफ्तार गरेको छ । मङ्सिर ५ गते नेपाल क्रान्तिकारी शिक्षक संगठन काभ्रेका अध्यक्ष साविक पोखरीचौरी-५ का ४६ वर्षीय भीमसेन गौतमलाई कुत्तालस्थित मण्डलादेवी प्राविबाट र पनौती नपा-४ का ३५ वर्षीय अनिल रायमाझीलाई पनौतीबाट गिरफ्तार गरिएको प्रहरीले जनायो ।
चौरीदेउराली गाउँपालिका-६ का ४६ वर्षीय डिल्लीप्रसाद दुलाल र नासिकास्थानका ३५ वर्षीय रामकुमार तामाङलाई मङ्सिर ४ गते प्रहरीले घरबाटै गिरफ्तार गरेको थियो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मानव वेचविखन आरोपमा अनुसन्धानका लागि कोशी प्रदेशका निर्वतमान कानून मन्त्री गिरफ्तार
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । मानव बेचविखन घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ०८१ कात्तिक २५ गते विराटनगर महानगरपालिका-२ स्थित…
वडा कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड
रङ्गेली नगरपालिका-९ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा तोडफोड भएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिका-९ फर्साडाँगीस्थित वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा ०८१ कात्तिक २२ गते तोडफोड भएको…
बर्दियामा बलात्कारको घटना बढ्दै
बर्दियामा बलात्कारको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बलात्कारको घटना बढ्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरका अनुसार आर्थिक वर्ष २०८१/८२…
लोती नदीमा पुल निर्माण नगर्दा तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता
चंखेली गाउँपालिका–४ को केन्द्र पिप्लाङ भन्दा एक किलो मिटर पुर्वको लोती नदीमाथि तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् । लोती नदीमा बन्नुपर्ने पुल हालसम्म नबनेका कारण…
भूकम्प पीडित भन्छन् – 'घर पाउने आशा मरिसक्यो'!
गत वर्ष कात्तिक १७ गतेको भूकम्पले आवास विहिन नागरिक न्यानो घर पाउने आशा मारिसकेका छन् । भूकम्पले घर भत्किएर धनजनको क्षति गरेको एक वर्ष बितेपनि दोस्रो किस्ताको रकम पाउँदा विचल्लीमा…