निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार
निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई विभिन्न जिल्लाबाट गिरफ्तार गरेको छ ।
इन्सेक पर्वत जिल्ला प्रतिनिधि किशोर सापकोटाका अनुसार निर्वाचन बिथोल्न सक्ने आरोपमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सहइञ्चार्ज ढकबहादुर क्षेत्रीलाई प्रहरीले मङ्सिर ५ गते फलेवास नपा-१ कार्कीनेटाबाट गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यलय पर्वतका इन्स्पेक्टर लिलाराज लामिछानेका अनुसार निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा क्षेत्रीलाई गरफ्तार गरिएको हो ।
इन्सेक स्याङ्जा जिल्ला प्रतिनिधि हिमलाल पराजुलीका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका जिल्लास्तरीय नेताहरूलाई प्रहरीले विभिन्न स्थानबाट गिरफ्तार गरेको छ ।
गिरफ्तारीमा पर्नेहरूमा वालिङ नगरपालिका-६ किा ४१ वर्षीय राजु पौडेललाई वालिङ बजारबाट, भिरकोट नगरपालिका-१ का ६० वर्षीय डाक्टर शेरबहादुर थापा क्षेत्रीलाई भिरकोटबाट, वालिङ नगरपालिका-१२ का ३४ वर्षीया दुर्गा थापालाई वालिङ-१३ बायेटारी बजारबाट मङ्सिर १ गते गिरफ्तार गरेको हो ।
पुतलीबजार नगरपालिका-१३ का ७४ वर्षीय थानेश्वर केसीलाई मङ्सिर ३ गते र वालिङ नगरपालिका-१३ का २६ वर्षीय ध्रुव गौडेललाई मङ्सिर ४ गते बायेटारी बजारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रकाश विष्टले बताए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…