निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा गिरफ्तार

  ०७४ मङ्सिर ५ गते

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य मेलुङ गाउँपालिका-३ का नेत्रबहादुर बस्नेतलाई मङ्सिर ५ गते प्रहरीले घरैबाट गिरफ्तार गरेको छ ।

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन बिथोल्ने आशङ्कामा बस्नेतलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर रमेश प्रधानले बताए ।


उद्धव पोखरेल