निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पद्मोदय पब्लिक नमूना मावि भरतपुर घोराहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ४५ वर्षीय दिपेन्द्र घर्तीसहित दुईजनालाई प्रहरीले कात्तिक ३० गते गिरफ्तार गरेको छ ।

निर्वाचन सुरक्षाको कारण देखाउँदै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको दाङ प्रहरीले घोराही उपमनपा-१३ स्थित आफनै घरबाट गिरफ्तार गरेको पीडित परिवारले बताए ।

यसैगरी प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका युवा सङ्गठनका राप्ती संयोजक ३७ वर्षीय 'पाटन'लाई पनि गिरफ्तार गरेको छ ।

बिना कारण गिरफ्तार गरिएको भन्दै नेकपानिकट अनेरास्ववियु क्रान्तिकारी दाङकी अध्यक्ष प्रितिमा चौधरीले मङ्सिर १ गते विज्ञप्ति निकालेर हिरासत मुक्त गर्न माग गरेकी छन् ।


जे.एन.सागर