निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा राष्ट्रिय युवा जनस्वयम्सेवकका केन्द्रीय सदस्य तथा प्यूठान/रोल्पा इञ्चार्ज हरि बस्नेत, अनेरास्ववियु (क्रा.) का केन्द्रीय सदस्य पदमप्रसाद पोखरेल र भिग्री गाँउ जनसरकार प्रमुख गिरुप्रसाद भुसाल रहेका छन् ।

बस्नेत र पोखरेललाई प्यूठान नपा-४ जम्रीबाट र भुसाललाई र्स्वगद्वारी नगरपालिकाबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र पोखे्रलले बताए ।


रविन्द्र पाण्डे