निर्वाचन र मानव अधिकार अनुगमनबारे जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मानव अधिकार अनुगमनलाई प्रभावकारी बनाउने सन्दर्भमा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम मङ्सिर १९ गते सदरमुकाम तानसेनमा सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पा र नेपाल नागरिक समाजको समन्वयमा भएको कार्यक्रममा पाल्पा जिल्लाका मुख्य निर्वाचन अधिकृत शङ्करराज बरालले निर्वाचनमा पर्यवेक्षकहरूले सत्यतथ्यमा आधारित भई बिना पुर्वाग्रह पर्यवेक्षण गर्नुपर्ने बताए । उनले पर्यवेक्षकहरूले स्वच्छ पर्यवेक्षण गरी निर्वाचनमा भएका त्रुटी र समस्याहरूलाई सुझावको रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले निर्वाचनको तयारीबारे जानकारी गराउँदै मानव अधिकारकर्मी र पर्यवेक्षकहरूले एकपक्षीय मात्रै नभई साझा व्यक्तिको रूपमा उभिन सक्नुपर्नेमा जोड दिए ।
स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डे, एसपी दिल्लीराज पन्तसहित जिल्लामा क्रियाशील मानव अधिकारकर्मी, पत्रकार र पर्यवेक्षकहरूले आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलकी मानव अधिकार अधिकृत कल्पना नेपाल आचार्यले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै सहज रूपमा मानव अधिकारको अनुगमन गर्नका लागि यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
एम्बुलेन्स चालकमाथि हातपात
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि हातपात गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते हातपात गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी…
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…