निर्वाचन प्रणाली र प्रक्रियाको पारदर्शिता, स्वच्छता र निष्पक्षता विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक ) को आयोजनामा निर्वाचन प्रणाली र प्रक्रियाको पारदर्शिता , स्वच्छता र निष्पक्षता विषयक अन्तरक्रिया कार्यक्रम विभिन्न सरोकारवालाको उपस्थितिमा वैशाख २६ गते काठमाडौँमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष डा. इन्दिरा श्रेष्ठले नागरिक समाजले आचारसंहिता उल्लङ्घनामा अलिकति बोले स्पष्टीकरण सोधिहाल्ने तर राजनीतिक दलका जिम्मेवार नेताले आचारसंहिता उल्लङ्घन गर्दै मनपरी बोले पनि निर्वाचन आयोगले गम्भीर भएर कारबाही गर्न नसकेको उल्लेख गर्नुभयो ।
स्थानीय तह निर्वाचनले नै स्थानीय तहलाई सुशासनको बाटोमा लैजाने हुँदा चुनावको बेला हुने हिंसात्मक घटना र आर्थिक चलखेललाई निर्वाचन पर्यवेक्षकहरूले सुक्ष्म रूपले अनुगमन गर्दै अभिलेखीकरण गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै इन्सेकका कार्यसमिति सदस्य शोभाखर बुढाथोकीले राजनीतिक दलहरूले निर्वाचनमा विचार, आदर्श र नेतृत्व क्षमताका आधारमा भन्दा डनवाद र धनवादका आधारमा उम्मेदवार चयन गर्दै गएका कारण निर्वाचनको स्वच्छ गरिमा र पारदर्शिता कायम हुन नसकेको बताउनुभयो ।
पर्यवेक्षणका लागि नागरिक संस्था र व्यक्तिलाई आनुमति लिन जटिल बनाईएको बताउँदै उहाँले फलाना ठाउँमा पर्यवेक्षण गर भनेर निर्वाचन आयोगले तोक्नु अधिकार नदिएर अधिकारको सङ्कुचन गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपालमा निर्वाचनको स्वच्छता र निष्पक्षता चुनौतिहरूको विश्लेषण गर्दै यसको समाधानका लागि नागरिक संस्था र मानव अधिकार समुदायबाट गर्नुपर्ने वकालत र नीतिगत सुधारमा पहलकदमी लिन कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका बागमती प्रदेश प्रमुख यज्ञप्रसाद अधिकारीले निर्वाचन अगाडि र निर्वाचनका दिन भन्दा निर्वाचन पछाडिका दिनमा उम्मेदवारलाई धम्कीका घटना बढी आउने गरेको बताउनुभयो ।
संविधानले परिकल्पना गरेको लैङ्गिक समानतालाई गठबन्धनका नाममा स्थानीय तहका प्रमुख र उपप्रमुख मध्ये कुनै एउटा पदमा राजनीतिक दलले महिला उम्मेदवार चयन गर्नुपर्ने व्यवस्था रहे पनि गठबन्धनका नाममा दुवै पदमा पुरुष उम्मेदवार बनाईनु संविधानमाथिको ठगि रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा इन्सेकका मानव अधिकार शिक्षा प्रमुख मदन पौडेलले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका चुनौती विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
प्रस्तुतिका क्रममा उहाँले हिंसाको प्रयोग, आचारसंहिताको उल्लङ्घन र राज्य संरचनाको दुरुपयोग निर्वाचनका गम्भीर चुनौतिका रूपमा रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विभिन्न संस्थाबाट सहभागी प्रतिनिधिहरूले पनि आफ्नो जिज्ञासा र धारणा राख्नुभएको थियो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…