निर्वाचन प्रचारप्रसार गर्न रोक लगाएको स्वातन्त्र उम्मेदवारको आरोप
प्रतिनिधि सभा सदस्यका लागि डडेल्धुरा जिल्लाबाट स्वतन्त्र उम्मेदवार रहनु भएका सागर ढकालले प्रहरी प्रशासनले आफूलाई निर्वाचन प्रचारप्रसार गर्न नदिएको आरोप लगाउनु भएको छ ।
कात्तिक २१ गते सदरमुकामस्थित बसपार्क र तुफानडाडा क्षेत्रमा निर्वाचन प्रचारप्रसार गरिरहेका बेला आफ्नो समूहमाथि जिल्ला प्रशासनले रोक लगाएको ढकालको आरोप छ ।
नेपाली कांग्रेसका सभापति तथा आफ्ना प्रतिस्पर्धी शेरबहादुर देउवाकोे कार्यक्रम तथा चुनावी सभाहरु गर्दा प्रशासनले रोक नलगाइएका भएपनि आफूले एक्लै प्रचारप्रसार गर्दा प्र्रशासनले रोक लगाउँदै आएको बताउनु भयो ।
नियम, कानुन सबैका लागि समान रहेको भन्दै देउवालाई जस्तै आफूलाई पनि प्रचार गर्न दिनु पर्ने स्वातन्त्र उम्मेदवार ढकालको माग छ ।
उहाँले भन्नु भयो– ‘शेरबहादुर देउवाले खुलमखुल्ला नियम कानुन उल्लङ्घन गर्दा आँखा बन्द गरेको प्रशासन मैले एक्लै माइकिङ्ग गर्दा पनि रोकेको छ ।’
जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनु भएका सागर ढकाललाई कुनै पनि प्रकारको अवरोध नगरेको भन्दै कात्तिक २१ गते विज्ञप्ति जारी गरेको छ ।
ढकाललाई चुनाव प्रचारप्रसारमा रोक लगाएको सामाचारहरु प्रकाशित भएपछि प्रशासनले खण्डन गर्दै विज्ञप्ति निकालेको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको, रोक नलगाइएको र सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवारहरुको आवश्यक सुरक्षाको प्रत्याभूति गरने उल्लेख छ ।
भूपेन्द्र बिष्ट
सम्बन्धित समाचारहरू
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…
चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन
मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम र अधिकारकर्मीको टोलीले असोज ९ गते घटनाका विषयमा अनुगमन गरेको…