निर्वाचन प्रचारप्रसारमा बालबालिका र विद्यालयको प्रयोग नगर्न नागरिक समाजको आग्रह
आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको प्रचार प्रसारमा बालबालिका तथा विद्यालयको प्रयोग नगर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका पर्वतमा क्रियाशील नागरिक सङ्घ, सङ्गठनहरूले निमित्त प्रमुख जिल्ला अधिकारी प्रविण ढकालको ध्यानाकर्षण गराएका छन् ।
निर्वाचनका क्रममा विभिन्न पार्टीले आयोजना गर्ने सभा, जुलुस तथा चुनाव प्रचार प्रसारका लागि गरिने पोष्टर, पम्प्लेट टाँस्ने जस्ता कार्यका लागि विभिन्न ठाउँमा बालकालिकाहरूको प्रयोग भएको भन्ने समाचार बाहिर आएपछि जिल्लामा क्रियाशील नागरिक सङ्गठनहरूले जिल्ला प्रशासन कार्यालय, पर्वतको ध्यानाकर्षण गराएको नागरिक समाज सञ्जाल पर्वतका अध्यक्ष राजेन्द्र पहाडीले बताएका छन् ।
ध्यानाकर्षण पत्रमा निर्वाचन प्रचारप्रसारका लागि राजनीतिक दलले आयोजना गर्ने कुनै पनि सभा, सम्मेलन विद्यालय परिसरमा नगर्न तथा विद्यालयको पर्खालमा प्रचार सामग्री नटाँस्न आग्रह गरिएको छ । त्यसैगरी सोही ध्यनाकर्षण पत्रमा मतदान केन्द्रलाई अशक्त तथा अपाङ्गतामैत्री बनाउनसमेत आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै निमिक्त प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले ध्यानाकर्षण पत्रमा उल्लेखित व्यवस्था मिलाउनका लागि आफू पूर्ण रूपमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ध्यानाकर्षण पत्रमा नागरिक समाज सञ्जाल पर्वतका संयोजक राजेन्द्र पहाडी, जिल्ला बार इकाई, पर्वतका अध्यक्ष विश्वराज पाण्डेय, इन्सेक जिल्ला प्रतिनिधि किशोर सापकोटा, गैरसरकारी संस्था महासङ्घ पर्वतका अध्यक्ष राजेन्द्र पौडेल, नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाल अपाङ्ग उत्थान समाज पर्वतका प्रतिनिधि जगन्नाथ शर्मा, शिक्षाका लागि राष्ट्रिय अभियानका सदस्य सचिव यज्ञप्रसाद शर्मा, राष्ट्रिय मतदाता अधिकार मञ्च पर्वतका संयोजक मानकुमारी गिरी र सामुदायिक वन उपभोक्ता महासङ्घ पर्वतका कोषाध्यक्ष शेषराज रेग्मीले हस्ताक्षर गरेका छन् ।
किशोर सापकोटा
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयक ल्याउन द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…