निर्वाचन प्रचारप्रसारका क्रममा झडप सात जना घाइते
मुड्केचुला गाउँपालिका-२ को कालिका गाउँमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबिच वैशाख २५ गते झडप भएको छ । झडपमा माओवादी केन्द्रका पाँच जना र एमालेका दुई जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काका अनुसार घटनास्थलमा तत्काल सुरक्षाकर्मी परिचालन गरिएको छ । सदरमुकामबाट घटनास्थल ४५ कोस टाढा रहेको र मौसम प्रतिकूलताका कारण प्रहरीको सञ्चार र अन्य सञ्चारले समेत काम नगरेपछि घाइतेहरूको नाम आउन सकेको छैन ।
यसैगरी ठूली भेरी नपा-९ जुफालमा नेपाली काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच वैशाख २५ गते झडप भएको छ । एमालेका साँसद धनबहादुर बुढासमेतको प्रचार टोलीलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले ढुङ्गा प्रहार गरेपछि झडप भएको प्रहरीले जनाएको छ ।
एमाले साँसद बुढालाई भष्ट्राचारी भन्दै काङ्ग्रेसका कार्यकर्ताले उत्तेजित नारा लगाएपछि दुबै पक्षबिच झडप भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताए । झडपमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
विष्णु देवकोटा
सम्बन्धित समाचारहरू
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…
थाइरोड जाँच गर्ने उपकरण बिग्रदा सेवाग्राहीहरू मर्कामा
सिरहा जिल्लाको एक मात्र सरकारी अस्पताल लहानमा अवस्थित रामकुमार सारदा उमा प्रसाद मुरारका अस्पतालमा एक हफ्ता देखि थाइरोड जाँच गर्ने उपकरण बिग्रिएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा दैनिक…
अपरिचित व्यक्तिहरूको समूहबाट पत्रकारमाथि कुटपिट
पत्रकार कमलबहादुर बोहरामाथि चार-पाँच जना अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको पीडित पत्रकारले आरोप लगाउनु भएको छ । बोहरा पालिका समय डटकमको अध्यक्ष तथा कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । माघ २१ गते…
महिला विरुद्धको सबै प्रकारका विभेद अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी नेपालको सुनुवाइ प्रारम्भ
महिला विरुद्धको सबै प्रकारका हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी संयुक्त राष्टसङ्घीय समितिको ९० औँ सेसनमा महिलाविरुद्धको सबै प्रकारका हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी नेपालको सातौँ आवधिक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–२ का २१ वर्षीय विवस जिसीलाई प्रहरीले ०८१ माघ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ असार महिनामा बलात्कार गरेको भन्दै…