निर्वाचन पूर्व अवस्थाबारे इन्सेकको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अनुगमन टोलीले कात्तिक ३० गते अर्घाखाँची जिल्लाको निर्वाचन पूर्व अवस्था र तयारीकाबारे जिल्लाको अनुगमन गर्नुको साथै सरोकारवाला निकायहरू सँग छलफल गरेको छ ।
इन्सेक केन्द्रीय कार्यसमितिका सदस्य शोभाकर बुढाथोकीले अनुगमन तथा छलफलको उद्देश्य माथि प्रकास पार्दै निर्वाचनलाई भयरहित, निश्पक्ष र स्वच्छरुपमा मतदाताहरूले मतदान गर्न पाउने वातावरण बनाउन जिल्लामा तत्काल आउन सक्ने चुनौती र नियन्त्रण, सङ्रक्षणका उपायबारेमा सहभागीको ध्यान केन्द्रीत गराउनु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले निर्वाचनलाई भयरहित, निश्पक्ष र स्वच्छ बनाउन निर्वाचनका सम्पूर्ण कार्य सम्पन्न गरेको, कर्मचारी, सुरक्षाकर्मीको व्यवस्था र सुरक्षा मोवाइल टोलीको समेत व्यबस्था गरिएको बताउनु भयो ।
घिमिरेले निर्वाचन आचारसंहिता बिपरित कार्य गर्ने र पालना नगर्ने दलका उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई लिखित स्पष्टिकरण सोधिएको बताउनु भयो ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्य समिति सदस्य शोभाखकर बुढाथोकी, इन्सेक केन्द्रीय कार्यालयका प्रतिनिधि कृष्ण गौतम, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत र अर्घाखाँची प्रतिनिधि कूलबहादुर नेपाली सहितको टोलीलेसरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गरेको थियो ।
कूलबहादुर नेपाली
सम्बन्धित समाचारहरू
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…
बाल विवाह र बहु विवाहको कसुरमा कैद
हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई चैत १४ गते ८ महिना कैद सजाय भएको छ । जिल्ला…