निर्वाचन निष्पक्ष बनाउन प्रतिबद्धता आवश्यकः प्रमुख आयुक्त
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबैबाट सहयोग र प्रतिबद्धता हुने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन आयोग तयारीका हिसाबले दिन गन्ती सुरु गरी अत्यन्तै मेहनतका साथ मध्यचरणमा पुगेको जानकारी दिएको राससले जनाएको छ ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते हुँदैछ । उक्त निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली स्वीकृत भइसकेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भने-“ऐतिहासिक यो महान अभियानको जिम्मेवारीलाई पूरा गर्न आम नागरिक, राजनीतिक दल र सबैपक्षबाट सहयोग र सद्भाव होस् ।
उक्त निर्वाचन चार महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिकामा गर्न लागिएको हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मुस्ताङ मार्फाको तापक्रममा अस्वभाविक परिवर्तन !
हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वभाविक परिवर्तन भएको पाइएको छ । गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो…
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत रहेको छ । हिमाली जिल्ला हुम्लामा…
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…