निर्वाचन एकै चरणमा सम्पन्न हुन्छः आयुक्त शाह
निर्वाचन आयुक्त सुधीरकुमार शाहले स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने बताएका छन् ।
वीरेन्द्रनगरमा चैत २९ गते सम्पन्न मध्यपश्चिमाञ्चलका स्तरीय निर्वाचन अधिकृतहरूका लागि निर्वाचन व्यवस्थापन र सञ्चालनसम्बन्धी प्रशिक्षण कार्याक्रमको समापनमा बोल्दै शाहले सो कुरा बताएका हुन ।
आयुक्त शाहले थप सुरक्षा परिचालन गरेर भएपनि तोकिएकै समयमा निर्वाचन गराउने तयारी भइरहेको जानकारी दिए । सुरक्षाको दृष्टिले सम्वेदनशील बनेको २ नम्बर प्रदेशको सुरक्षा स्थितिमा सुधार भएकोले एकै चरणमा निर्वाचन सम्पन्न गर्ने कुरामा शङ्का नगर्न शाहले अनुरोध गरे ।
आयोगको उच्चस्तरीय सुरक्षा समन्वय समितिका संयोजकसमेत रहेका शाहले मतदाता नामावली, मतपत्र छपाईको काम भइरहेको र एक/दुई दिन भित्र मतदाता शिक्षाका सामाग्रीहरू निर्वाचन क्षेत्रमा पुग्ने बताए ।
कार्यक्रममा मध्यपश्चिम क्षेत्रका सबै जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको सहभागिता रहेको थियो ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…
जातीय विभेद घटनाका आरोपितद्वय गिरफ्तार
मेचीनगर नगरपालिका-१० की ३६ वर्षीया रञ्जु विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । जातीय विभेद गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-१० की ४७ वर्षीया मैयाँ दाहाल…