निर्वाचन आयोगद्वारा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक
निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने दुई चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका भदौ २६ गते सार्वजनिक गरेको छ ।
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा कात्तिक ५ गते र दोस्रो चरणका ४५ जिल्लामा कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका आएको छ । त्यस्तै समानुपातिक तर्फा उमेदवारको बन्दसूची भने असोज २९ गते नै पेश गर्नुपर्ने छ ।
भदौ २६ गते बसेको आयोगको बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको हो । राजनीतिक दलले बन्दसूची पेश गर्दा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि र प्रदेश सभा सदस्य निर्वाचनका लागि अलगअलग सूची पेश गर्नु पर्ने भएको हो । कार्यतालिका अनुसार समानुपातिक निर्वाचनका लागि आयोगले पहिले सूची पेश गर्ने समय तोकेको छ ।
भदौ २५ गते समानुपातिक सूचीका लागि दलहरूले निवेदन पेश गरिसकेका छन् । आयोगले दलहरूले पेश गरेको सूचीका आधारमा भदौ २८ गते नामावली प्रकाशित गर्ने छ । दलहरूले भदौ २९ गते नाम फिर्ता लिन सक्ने छन् भने अन्तिम नामावली प्रकाशन भदौ ३० गते हुने छ । राजनीतिक दलहरूले असोज २९ गते दलहरूको उमेदवारको बन्द सूची पेश गर्ने छन् । दलहरूले कात्तिक ६ गते बन्द सूची संशोधन गरी पेश गर्न सक्ने छन् ।
उम्मेदवारको बन्द सूचीमा सूचीकृत कुनै नाम उमेदवारले फिर्ता लिन चाहेमा कात्तिक १३ गते निवेदन दिन सक्ने छन् । कात्तिक १४ गते नाम फिर्ता लिएको जानकारी आयोगले सम्बन्धित दललाई दिने छ भने दलहरूले अर्को कुनै नाम राख्न चाहेमा निवेदन दिन सक्ने छन् ।
आयोगले कात्तिक १७ गते उम्मेदवारको बन्दसूचीमा रहेको नाम सार्वजनिक गर्ने छ । उमेदवारको योग्यतामा दावी विरोध भए कात्तिक १८ गते उजुरी दिन सकिने छ । कातिक २५ गते सो उपर आयोयले जाँच बुझ गर्ने छ भने मङ्सिर २ गते बन्द सूचीबाट उम्मेदवारको नाम हटाउने छ । यस्तै मङ्सिर ३ गते उम्मेदवारको अन्तिम नाम प्रकाशित हुने छ भने मतदाताले मङ्सिर १० र २१ गते सम्बन्धित मतदान केन्द्रमा मतदान गर्ने छन् ।
राजनीतिक दलले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्न सक्ने आयोगले जनाएको छ । उम्मेदवारको बन्दसूची पेश गर्दा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ बमोजिम र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ बमोजिम पेश गर्नु पर्ने छ ।
सुभाष साह
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…