निर्वाचन आयोगद्वारा प्रतिनिधि सभाका उम्मेदवारसँग स्पष्टिकरण माग

  ०७९ कात्तिक २२ गते

जनाता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य बाँके क्षेत्र नम्बर २ का उम्मेदवार  मोहम्मद इस्तियाक राईलाई स्पष्टिकरण निर्वाचन आयोगले कात्तिक २१ गते स्पष्टीकरण सोधेको छ ।

निर्वाचन प्रचार प्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका भन्ने उजुरीका आरोमा आधारमा आयोगले स्पष्टीकरण सोधेको बोधार्थ जिल्ला निर्वाचन कार्यालयमा प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी रमा पन्तले बताउनु भयो ।

निर्वाचन आचार संहिता २०७९को  दफा ४ मा सबैले पालना गनुपर्ने आचरण अन्तर्गतको (ण)मा कसैको चरित्र हत्या गर्न ,व्यक्तिगत लाञ्छना लगाउन वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा सामाग्री कुनै माध्यमबाट प्रकाशन गर्न वा गराउन नहुने व्यवस्थाको आधारमा आयोगले  स्पष्टिकरण सोधेको हो  ।

स्पष्टीकरण पत्रमा आफै वा आफ्नो प्रतिनिधि मार्फत आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा प्राप्त हुनेगरी जवाफ पेश गर्न आयोगले निर्देशन दिएको छ ।

 


लक्ष्मी थारु