निर्वाचन आचार संहिता विपरीत मोटरसाइकल र्याली
निर्वाचन आचार संहिता विपरीत नेपाली कांग्रेसले दमौलीमा मङ्सिर १ गते मोटरसाइमोकल र्याली निकालेको छ ।
निर्वाचन आयोगले जारी गरेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को आचार संहिताको १४ नम्बर बुँदाको ज नम्बरमा उल्लेख गरिएको प्रावधान विपरीत मोटरसाइकल र्याली निकालेर चुनावको प्रचार गरेको हो ।
त्यसैगरी र्यालीमा आचार संहिता विपरीत झन्डा पनि प्रयोग गरिएको छ । आचार संहिताको च नम्बर बुँदामा जुलुस तथा आमसभामा प्रयोग गरिने झन्डाको साईज उल्लेख छ । सो अनुसार जुलुस तथा आमसभामा १०×१८ साईजको भन्दा ठूलो झन्डा प्रयोग गर्न नपाईने भए पनि र्यालीका सहभागीले उक्त साईज भन्दा ठूला ठूला झन्डा प्रयोग गरेका थिए ।
यस सम्बन्धमा जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले उजुरी परेपछि यसबारेमा छानबिन गरिने बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…