निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोपमा निवर्तमान प्रदेश सभा सदस्यको गाडी नियन्त्रणमा
जीतपुर सिमरा उपमहानगरपालिका–४ औराहा टोलका ४५ वर्षीय निवर्तमा प्रदेश सभा सदस्य शुन्दर विश्वकर्माले मधेस प्रदेश सरकारले उपलब्ध गराएको गाडी चुनावमा प्रयोग गरी निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोपमा कात्तिक १८ गते इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमिल्सिनाको कमाण्डमा रहेको प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा निर्वाचन क्षेत्र नं ४ (क) का नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्यले प्रदेश सरकारले उपलब्ध गराएको सरकारी गाडीमा चुनाव प्रचार प्रसार गरेपछि उहाँले प्रयोग गरेको सरकारी स्कारपियो गाडी नं. २–०२ ००१ झ ००८८ नियन्त्रणमा लिन आदेश दिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनु भयो ।
प्रदेश सभामा गत वर्ष एकिकृत समाजवादी पार्टीको सचेतक पदका हैसियतले सरकारी गाडीको सुविधा पाएर समय सकिएपनि फिर्ता नगरी विश्वकर्माले उक्त गाडि प्रयोग गर्दै आएका थिए ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
खानेपानीको समस्या झेल्दै रारा गाउँबासी
तिला गाउँपालिका–१, रारा गाउँका नागरिकले खानेपानीको समस्या झेल्दै आइरहेका छन् । रारा गाउँका नागरिकले धित मरुन्जेल खानेपानी खान नपाएको पुस्तौँ बित्यो । रारा गाउँमा खानेपानीको चरम समस्या छ । अहिले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भइ बारबर्दिया नगरपालिका-३, बनगाई बस्ने २० वर्षीय प्रकाश कुमार नेपालीलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा गुर्भाकोट नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र ऐरीलाई प्रहरीले ०८१ असोज १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
जिल्ला अस्पताल स्तरोन्नति नहुँदा बिरामीलाई सास्ती !
डण्डामा रहेको मध्यबिन्दु अस्पताल स्तरोन्नति नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । १५ शैयाको जिल्ला अस्पताल हाल ७८ शैयामा सञ्चालित छ । तर, स्वीकृत दरबन्दी १५ शैयाको मात्र रहेको छ…
हिलोसहितको बाढीले सुकुम्बासीलाई समस्या ! (फोटो फिचर)
असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै काठमाडौँ महानगरपालिका–११, वंशीघाटको सुकुम्बासी बस्तीमा…