निर्वाचन आचार संहिता उलङ्घन गर्दै राजनीतिक दलहरू प्रचार प्रसारमा
क्रियाशिल राजनीतिक दलले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता बिपरीत चुनावी प्रचार अभियान सञ्चालन गरिरहेका छन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ अन्तर्गत “ज” उल्लङ्घन गर्दै चुनावी प्रचार प्रसार भइरहेको नेपाल बार एसोसियसनका अध्यक्ष भूपेन्द्रबहादुर थिङले बताउनु भयो ।
आचारसंहिताको परिच्छेद २ को “ज” मा भनिएको छ “कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उधान, सार्वजनिक सडकमा पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको भण्डा, दल वा उमेद्वारको निर्वाचन चिन्ह्र राख्न वा टास्न नहुने भनिएको छ” ।
तर जिल्लामा क्रियाशिल गठबन्धनमा रहेका नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र, समाजवादी र नेकपा एमालेले प्रचार प्रसारको अभियानमा जिल्लाको बिभिन्न सार्वजनिक ठाउँहरू र चोकचोकमा तुल ब्यानर झण्डा राखेर आचार संहिता बिपरीत चुनावी प्रचार प्रसार गरिरहेका छन् ।
दलहरूद्वारा निर्वाचन आचार संहिता उलङ्घन गरेका घटनाहरूबारे कारबाहीे प्रक्रिया शुरु नहुनु आचार संहिता जिल्ला अनुगमन समितिको कमजोरी भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख विकास रिजालले बताउनु भयो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…