आचारसंहिता पिवरित विद्यालयमा आमसभा, उम्मेदवारद्धारा आचारसंहिता उल्लङ्घन
निर्वाचन आचारसंहिता विपरित गठबन्धन दलले कात्तिक २४ गते गोकुलेश्वर माविको खेल मैदानमा चुनावी सभा गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा लोकतान्त्रिक बाम गठबन्धनको बृहत संयुक्त चुनावीसभा गोकुलेश्वर माविको खेल मैदानमा चुनावी सभा गरेको हो ।
पठनपाठनका लागि विद्यार्थीहरु विद्यालय पुगेको अवस्था मै विद्यालय सँगै जोडिएको विद्यालय खेल मैदानमा ठुला माइक लगाएर लोकतान्त्रिक बाम गठबन्धनले विद्यालयमा कार्यक्रमको आयोजना गरेको हो ।
आमसभाका क्रममा पुरै विद्यालय प्राङ्गण राजनीतिक दलका चुनवा चिन्ह् तथा तुल लगाएर सजाइएको थियो ।
शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका स्थानीय कालु चन्दले लोकतान्त्रिक बाम गठबन्धनले आचारसंहिताको ठाडो उल्लङ्घन गरेको बताउनु भयो ।
निर्वाचन आचारसंहिताले कुनै पनि सरकारी वा अर्धसरकारी निकाय, सार्वजनिक संस्था वा विद्यालय, क्षेत्रमा भेला वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । तर, विद्यालय नै बन्द गराएर गठबन्धनले विद्यालय क्षेत्रमा आमसभा गरेको पाइएको हो ।
विद्यालयका प्रधानाध्यापक धनन्जय जोशीले विद्यालयसँग कुनै समन्वय र जानकारी नदिएर विद्यालय परिसरमा आमसभाको आयोजना गरिएको बताउनुभ यो ।
उहाँले भन्नु भयो– ‘विद्यालयको खेल मैदानमा कार्यक्रम आयोजना गरियो । विद्यार्थीहरु विद्यालयमा आएका थिए । माइकको आवाजका कारण विद्यालयको पढाई प्रभावित भएपछि समय अगावै विद्यालय छुट्टि गर्नु पर्ने बाध्याता सृजना भयो ।’
आयोगले सोध्यो मन्त्री बडुलाई स्पष्टीकरण
निर्वाचन आयोगले शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर उच्च माविमा चुनावी सभा आयोजना गरेकामा उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहितका उम्मेदवार र विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ । आयोगले चुनावी सभाका विषयमा दार्चुला १ (क) मा प्रदेशसभाका नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिंह धामी र प्रदेशसभा १ (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी र प्रधानाध्यापक धनञ्जय जोशीसँग स्पष्टीकरण माग गरेको हो ।
यसैगरी मुख्य निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कार्वाही गर्न र प्रमुख जिल्ला अधिकारीलाई चार दिन भित्र घटनाको प्रतिवेदन पेश गर्न निर्वाचन आयोगले निर्देशन समेत दिएको छ ।
आयोगले मन्त्री बडूलाई सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्षमा प्रयोग गर्न नहुने निर्वाचन आचारसंहिताको व्यवस्था सम्झाएको छ । र आचारसंहिता उल्लङ्घनको विषयमा २४ घण्टाभित्र स्ष्टीकरण दिन भनिएको छ ।
विद्यालयका प्रधानाध्यापक जोशीलाई चुनावी सभालाई विद्यालय प्रयोग गर्न दिनुको कारण माग गर्दै कार्वाही गर्न नपर्ने कारण भए पेश गर्न भनिएको छ ।
मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले आयोगबाट पत्र प्राप्त भएको र आचारसंहित विपरित कार्य गर्ने उम्मेदवारहरुलाई पत्र लेखिएको बताउनु भयो ।
सरकारी गाडीको दुरुपयोग
निर्वाच आचारसंहिता विपरित सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले सरकारी गाडीको दुरुपयोग गरी निर्वाचन प्रचारप्रसार गर्नु भएको छ । प्रदेश सभा (ख) बाट उम्मेदवार रहनु भएका धामीले शैल्यशिखर नगरपालिकामा चुनावी प्रचारप्रसारको क्रममा सरकारी गाडीको प्रयोग गरिएको पाइएको इन्सेकका पर्यवेक्षक जिज्ञासु खत्रीले जानकारी दिनु भयो । निर्वाचन आचारसंहिता विपरित धामीले चुनावी प्रचारप्रसारमा मन्त्रालयको झण्डावाल गाडीको प्रयोग गर्नु भएको छ ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…